aks

Total Pageviews

Search This Blog

नेपालको समय हेर्नुहोस

Thursday, May 26, 2011

बन्द

के हो यो दिनैको बन्द हड्ताल ले गर्दा पनि वाक्क दिक्क भैयो कैले सम्म हो यस्तो अब फेरी हामी नेपालीहरु जमर्को कस्ने बेला आको जस्तो छ कैले सम्म बस्ने हो यसरी यो नेताहरुको मनमर्जी सहेर भो अब अत्ति भो बन्दगर अब यो बन्द हड्ताल.............

Saturday, March 12, 2011


प्रकृतिको विनाश कारी भूकम्पको साथमा आएको सुनामीले जापानमा जुन बिपत्ति ल्यायो त्यो संग अहिलेको परिस्थितिमा लड्ने क्षमता भगवानले त्यहाँको सर्ब साधारणमा प्रदानगरुन भन्ने कामना भगवान् समक्ष गर्दछु |
God Please help them..............

Monday, February 21, 2011


कर्मचारी र दलाल मिलेर ठगी

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को आवेदन फारम भर्दा प्रशासनका कर्मचारीसँगको मिलेमतोमा दलालले सर्वसाधारणबाट अनधिकृत रूपमा अतिरिक्त रकम असुल्न थालेका छन् । सदरमुकाम चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालय परिसरभित्रै दलालले एमआरपी फारम भर्दा चार गुणा बढी रकम असुल्ने गरेको पाइएको हो ।
कार्यालयका कर्मचारीसँगको मिलेमतोमा दलालले एउटा फारमबापत पाँच सयभन्दा बढी रुपैयाँ लिने गरेको सर्वसाधारण बताउँछन् । परराष्ट्र मन्त्रालयले प्रति फारम सय रुपैयाँ लिने व्यवस्था गरेको छ । तर, त्यसविपरीत झापामा भने सरकारी कर्मचारीकै कारण युवा ठगिने गरेको झापा जलथल- ७ का देवीप्रसाद खतिवडाले बताए । 'पासपोर्टको फारम सरकारी कर्मचारी र स्थानीय दलालको कमाइ खाने भाँडो भएको रहेछ,' उनले भने, 'आफ्नै कार्यालयको मूलगेटमा भइरहेको ठगीधन्दा रोक्न पहल नगर्नुले सरकारी कर्मचारीको संलग्नतालाई प्रस्ट्याएको छ ।' सरकारी कर्मचारीको लापरबाहीका कारण एमआरपीका लागि प्रमाणित गरिएको कागजात परराष्ट्र मन्त्रालयद्वारा फिर्ता भएपछि पीडित बनेका खतिवडाले कमिसनविना कर्मचारीले कागजात प्रमाणित नगर्ने बताए । सरकारले परराष्ट्रमार्फत पासपोर्ट वितरण गर्न थालेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणको सुविधाका लागि भन्दै आवेदन फारम भर्ने र अन्य आवश्यक कागजात प्रमाणित गर्ने व्यवस्था मिलाएको थियो ।
सरकारी व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालय झापाले माघको पहिलो सातादेखि आवेदन फारम खुला गरेको थियो । फारम भर्न थालेयता दलाल युवा ठग्न सक्रिय भएका हुन् । हातले भरेको फारमले मान्यता नपाउने भन्दै दलालले न्यूनतम पाँच सय रुपैयाँ लिने गरेको झापा शनिश्चरेका पीडित अर्का युवा सन्तोष प्रधान बताउँछन् । प्रशासनमा दैनिक ५० जना युवा एमआरपीका लागि फारम भर्न र आवश्यक कागजात प्रमाणित आउने गरेका छन् । उनीहरूबाट दैनिक २५ हजार रुपैयाँ संकलन हुने गरेको छ । संकलितमध्ये कर्मचारी र दलालले आधा-आधा बाँड्ने गरेको स्रोतले बतायो ।
दलालमार्फत वैदेशिक रोजगारीमा जान चाहने युवा एमआरपीको फारम खरिदमा ठगिएको झापाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले स्वीकार गरे । 'धेरै मान्छे ठगिएको गुनासो आएको छ,' उनले भने, 'यसलाई रोक्न अविलम्ब पहल हुन्छ ।' उनले कर्मचारीको संलग्नता नरहेको दाबी गरे । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मापदण्ड पूरा गर्नुपर्ने भएकाले एमआरपी आवदेन फारम भर्दा सर्वसाधारणले धेरै सजगता अपनाउनु पर्छ । 'सर्वसाधारणले एमआरपीका लागि हस्ताक्षर, औँठा छाप, फोटो र विवरणमा सजगता अपनाउनुपर्ने भएकाले केही समस्या भएको हुन सक्छ,' प्रजिअ श्रेष्ठले भने । एमआरपीका लागि सर्वसाधारणले ३५ मिलिमिटर चौडाइ र ४५ मिलिमिटर लम्बाइ भएको फोटो खिच्नुपर्ने व्यवस्था छ ।
प्रशासनले फारम भर्ने जिम्मेवारी रेडक्रस र स्काउटलाई दिए पनि त्यहाँसम्म पुग्न नपाउँदै सर्वसाधारण दलालको ठगीको सिकार हुने गरेका छन् । प्रशासनमार्फत सबै प्रक्रिया पूरा गरेका कतिपय फारम परराष्ट्रले दर्ता गर्न अस्वीकार गरेपछि रोजगारीमा जाने युवा झन् मारमा परेका छन् । 'दिनभर लाइनमा बसेर फारम आवेदन दर्ता गर्न खोज्दा परराष्ट्रले फर्काइदियो,' पीडित खतिवडाले भने, 'फेरि काठमाडौंमै नयाँ फारम खरिद गरेर बुझाएँ ।' उनले कागजात फिर्ता भएपछि दोहोरो झन्झट र खर्च व्यहोर्नुपर्ने बताए । आवेदन बुझाउन कम्तीमा एकदिन लाइनमा बस्नुपर्छ । आवेदन दर्ता भएको मितिले ४५ दिनभित्र एमआरपी पाउने व्यवस्था छ ।

सुनसान बन्दै छ पूर्वको "हंगकंग बजार" धुलाबारी

                             सुनसान बन्दै छ पूर्वको "हंगकंग बजार" 

धुलाबारीहिउँदमा धुलोले ठाक्ने र वर्खा याममा गोरुगाढा पनि हिड्न नसकिने गरी सडकमा पर्ने खाल्टा र हिलो गर्दा धुलाबारी बजारको सुन्दरतामा हाल कमी आएको छ ।

एकताका पुर्बान्चलको  "हङकङ"बजार भनेर चिनिने धुलाबारी बजार हिजोआज दूर्गन्धित साथै सुनसान बन्दै गइरहेको छ । वि सं २०२० सालतिर फरेन गुड्सकोरुपमा परिचित भएको भद्रपुर बजार नगर घोषित भएपछि कर महंगी र शान्ति सुरक्षामा कमी तथा प्रशासन कार्यालय नजिक भए पनि प्रशासन कार्यालयको आडमा उच्चओहदाका सरकारी कर्मचारीले जथाभावि रुपमा सामान बटुल्ने र व्यापारीहरुसँग पैसा माग्ने सामानको पैसा मागी भए नभएको करको नाममा पैसा असुल्ने जस्ता ठगी प्रवृत्तिका कारण पीडित बन्न पुगेका व्यापारीहरु क्रमशः धुलाबारी छिरेको पुराना व्यापारीहरु बताउँछन् । तत्कालीन सरकारको भारतीय रुपैयाँ नेपाल भित्र्याउने नीति अनुरुप जापान कोरिया लगायतका देशहरुबाट सामान नेपाल ल्याई जुनसुकै तबरले भारतीय बजारमा पठाउने र भारतीय रुपैयाँ नेपाल भित्र्याउने गरिन्थयो । निकै नै चहल पहल र व्यस्त देखिने झापाको विदेशी व्यापारकोरुपमा परिचित धुलाबारीमा भारतको सिक्किम दार्जीलिङ मिरिक खसा्रङ लगायतका क्षेत्रबाट किनमेल गर्न आउने स्थान धुलाबारी बजार आजकल सुनसान बन्दै गएको छ । डेढ दशक अगाडि निकै फस्टाउँदै गएको धुलाबारी बजारमा करिब दुई सय ५० जति स्यार्डस क्यालिटीका वस्तुहरु पाइने पसलहरु छ भने होलसेल पसलहरु आधा दर्जनबढी कि्रयाशिल अवस्थामा छन् । यसरी धुलाबारी बजार समग्ररुपमा हेर्दा पूर्वको नमुना बजार देखिएतापनि विविध समस्याका कारण सुनसान बन्दै गइरहेको छ । समस्याहरुमा जस्तै शान्ति सुरक्षाको कमी जसको कारणले गर्दा हत्या अपहरण विभिन्न राजनीतिक दलको नाममा चन्दा आतंक जस्ता कार्यहरु कि्रयाशील भएको र पसलहरु लुटपाट हुने जस्ता कि्रयाकलाप बढ्ने गरेका छन् । करिब दुईवर्षअघि धुलाबारी प्रख्यात व्यापारी आत्मराम अग्रवालको हत्या र अहिले पसलहरुमा हुने लुटपाटले गर्दा विदेशबाट आउने सामान काठमाडौंबाट आउने सामान धुलाबारीमा नझारी सिधै भारत पठाईने कारणले गर्दा धुलाबारी बजारमा निकै असर पुगेको देखिन्छ ।

साथै नगरपालिकाले लिने करलाई अझ वृद्धि गरेको पसलहरु घटेका कारण धेरै व्यापारीले व्यापार छाड्दै गएको देखिन्छ । बिषेश गरी मुख्य बजार क्षेत्रमा मारवाडी समुदायको बाहुल्यता र व्यापारमा पनि उनिहरुको नै बर्चस्व रहेको छ । शान्ति सुरक्षा र राजनीतिक स्थिरताको सम्भावना नदेखेपनि उनिहरु विस्तारै भारतको सिलिगुडी पलायन हुने क्रम यतिखेर ह्वात्तै बढेर गएको छ । यसरी नै पलायन हुनेक्रम नरोकिने हो भने एकदिन धुलाबारीको त्यो गौरवमय अस्तित्व इतिहास बन्ने निश्चित छ । यो विषयमा बेलैमा सम्बन्धित सरोकारवालाहरुको ध्यान जान नितान्त आवश्यक भइसकेको छ । यसबाट विभिन्न समस्या आइरहेको समयमा धुलाबारीबाट अयन्त्र सरेका व्यवसायीको कारोबार समेत घटनाले राजश्व संकलनमा कमी आउने गरेको छ । धुलाबारीबाट लक्षित गरी दुध तरकारी जस्ता खाद्यान्नको व्यवसायमा कमी र अन्य क्षेत्रबाट धुलाबारी बजारमा आउने मानिसहरुको कमीले गर्दा अन्तरिक आम्दानीमा कमी हुँदै गएको छ ।

यी विभिन्न समस्यालाई निराकरण गर्नका लागि सरकारी स्तरबाट कडा व्यवस्था लागु गर्नु पर्ने तड्कारो आवश्यकता देखिन्छ । शान्ति सुरक्षाको स्थितिलाई मजबुत र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय साथै स्थानीय प्रशासनबाट प्रभावकारी कदम चालिनु पर्दछ । यी कार्यलाई व्यवस्थित गरी नगरक्षेत्रका आम्दानीमा वृद्धि हुने साथै रोजगारीको अवस्था सिर्जना भई धेरै मजदुरहरुले रोजगारी पाइ जीवन निर्वाह गर्न सजिलो भई ग्रामिण क्षेत्रका खाद्यान्न सामाग्रीहरु उचित तरिकाले बजारलाई ग्रामिण क्षेत्रको विकासलाई आर्थिक अवस्था वृद्धि हुदै जाने देखिन्छ र धुलाबारीको " पूर्वको हंगकंग बजार" भन्ने पहिचान रहे सबैलाई फाइदा पुग्ने छ ।                    
                                                                                                            
                                                                                                                           आकाश श्रेष्ठ " धुलाबारी"

Monday, January 31, 2011

झापा जिल्लाको म्याप हेर्नुहोस


प्रमुख स्थानहरु
  • बिर्तामोड– झापा जिल्लाको मध्य पूर्वी भागमा पर्ने बिर्तामोड झापाको प्रमुख व्यापारीक तथा यातायातको केन्द्र हो । अनारमनी गाविस र चारपाने गाविसको भाग ओगटेको बिर्तामोडमा महेन्द्र राजमार्गमा पर्दछ । बिर्तामोडमा बिभिन्न स्तरका होटल तथा लजहरु उपलब्ध छन् । यहाँबाट देशका बिभिन्न भाग तथा भारतका पनि धेरै भागमा जाने यातायातका बिभिन्न साधनहरु उपलब्ध छन् ।
  • धुलावारी— खासगरी विदेशि विलासीका सामानहरुले प्रसिद्ध स्थान धुलावारी बीर्तामोडबाट करीव १० किमी दुरीमा पर्दछ । विदेशी महँगा सामानहरु किन्न भारतीय ग्राहकहरुको धुलावारीमा भीड नैं लाग्ने गर्दछ ।
  • काँकडभिट्टा— भारतसँग सीमा जोडिएको स्थान काँकडभिट्टाबाट भारतका बिभिन्न स्थानमा जानलाई यातायात सुविधा उपलब्ध छ । मेची नदीको कीनारामा अवस्थित काँकडभिट्टादेखी सीमा पारीको भागभने पानीट्यांकी हो ।
  • दमक— बिर्तामोड पछीको झापाको प्रमुख व्यापारीक केन्द्र दमक हो । महेन्द्र राजमार्गमा अवस्थीत दमक दमक नगरपालिका अन्तर्गत पर्दछ ।
  • भद्रपुर— झापाको पुरानो व्यापारीक केन्द्र भद्रपुर झापाको सदरमुकाम चन्द्रगढीसँग जोडिएको छ।   एयरपोर्ट सुविधाबाट सम्पन्न भद्रपुर पनिमेची नदीको कीनारामा नैं अवस्थित छ । 

महापुरुषहरुका कथन :


महापुरुषहरुका कथन :

झापा जिल्ला र धुलावारीको परीचय


आफ्नो जन्म मितीलाई नेपाली बाट ईंग्लिश ईंग्लिश बाट नेपालीमा बनाउनुहोस् |

Slide

Your Slideshow Title Slideshow: Your’s trip was created by TripAdvisor. Create your own stunning slideshow with our free photo slideshow maker.

मेरो फोटोहरु

http://www.mydhulabari.blogspot.com

नेपाली क्यालेण्ड हेर्नुहोस ....


Powered by nepali calendar